आठबिसकोट । रुकुम पश्चिममा अधिक रक्तश्राव र रक्तचापका कारण सिकिस्त बनेकी दुई सुत्केरी महिलालाई हवाई उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलीकोप्टर प्रयोग गरेर आठबिसकोट नगरपालिका– ३ खदीकी १७ वर्षीया दिपा बोहोरा र वडा नम्वर -२ की २४ वर्षिया धनमाया बुढा को उद्धार गरिएको हो ।
आठबिसकोट -२ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उनीहरु लाई उपचार सम्भव नभएपछि आईतबार प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको आठबिसकोट नगर अस्पतालका स्वास्थ्य शाखा संयोजक प्रेम रोकायले बताए। बिरामीको अवस्था नाजुक भएपछि आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय लाई गरेको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलीकोप्टर झिकाएर सुत्केरीलाई उप उपचारका लागि सुर्खेत लगिएको हो।
धनमाया बुढालाई यस अघि पनि दुई पटक शल्यक्रिया गराएर प्रस्तुति गराएकोले थप समस्या भएको जनाईएको छ । 