आठबिसकोट । एक आमसभालाई सम्बोधन गर्न रुकुम पश्चिम पुगेका कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जीवन बहादुर शाहीले जनताको जीवनस्तर उकास्न सबै मिलेर अगाडी बढ्नुपर्ने बताएका छन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिमा नेपाली कांग्रेस आठबिसकोट नगर समितिले आयोजना गरेको आमसभामा बोल्दै शाहीले समतामुलक विकास का लागि सोचेर काम गरे जनताको जिवन स्तर बदल्न सकिने बताएका हुन्।
नेता शाहीले माओवादीलाई लक्षित गर्दै सशस्त्र जनयुद्धबाट आएको माओवादी केन्द्रले रुकुममा नेतृत्व गरेको बर्षौ हुँदा पनि गुणस्तरिय विकास र जनताको अवस्था बदल्न नसकेको आरोप समेत लगाए । उनले भने माओवादीले धेरै वर्ष रुकुम मा नेतृत्व गरेपनी जनताको स्तर उकास्न नसकेको बताए । स्थानीय स्तरमा रोजगार र जिविका धान्न सक्ने अवस्था सिर्जना गर्न सके युवापलायन रोक्न सकिने उनले जिकिर गरे ।
रुकुम पश्चिममा दिगोविकास, रोजगारी सिर्जना लगायतका जिविकोपार्जन का लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउँदै शाहीले जनताको जीवनस्तर उकास्न कुरा मात्र नभई काम गर्न आवश्यक रहेको बताए ।