नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई तत्काल रिहाईको माग गरिएको छ । बुधवार जनताहरु सँग छलफल गरिरहेका बेला प्रहरीले गिरप्तार गरी अज्ञात ठाउँमा राखेको भन्र्दै तत्काल सार्वजनिक गरी बिनासर्त रिहाइको माग गरिएको छ ।
मिटरव्याज र लघुबित्तीय आतंकका बिरुद्ध जनताहरुले गरेको कारबाहीको बिषयलाई लिएर दाङ जिल्ला सेक्रेटरी अमरलाई गिरप्तार गरिको भन्दै उक्त पार्टीले रिहाइको माग गरेको हो । जनताहरु बैंकको शोषण, मिटरव्याज,लघुबित्त र सहकारीको चरम लुटपाटबाट प्रताडित छन् । कयौँ मानिसहरु आत्म हत्या गर्न बाध्य भएका छन् । यस प्रकारका रबैयाका बिरुद्ध प्रतिरोध गर्न र मिटरव्याजी बित्तीय माफियाहरु माथि जनकारबाही गर्न सर्वसाधारण जनतामा अपिल गरिएको छ । सोही बिषयमा दाङ जिल्ला लगाएत देशका बिभिन्न ठाउँमा जनताले आफ्नै पहल कदमीमा जनकारबाही संचालन गर्दै आएका छन् बिज्ञप्तीमा भनिएको छ । साथै पार्टी सेक्रेटरी अमरलाई यथाशीग्र रिहाइ गर्न सम्वन्धीत निकाय सँग माग गर्दछ । यदि हाम्रो माग बेवास्ता गरिएको खण्डमा थप संघर्षका कार्यक्रम घोषणा गरि सशक्त प्रतिरोध गर्ने जानकारी गरिन्छ, बिज्ञप्तीमा भनिएको छ ।
नेकपा (बहुमत) दाङले गत मंसिर ६ गते १६८ बढि सार्बसाधरण सँग मिटरव्याज धन्दा चलाएको आरोपमा माधवा बस्नेत र उनका पति धर्म बहादुर बस्नेतको नाक काटिदिएको थियो भने गत असोज २९ गते दुर्गा पन्तलाई कालोमोसो दलेर जनकारवाही गरेको थियो । पन्तलाई नामुदसुदखोर भएको , जाली तमसुक चेक लिएर जनतालाई शास्ती दिएको चक्रियव्याज दर लगाई जनतालाई बेघरवार बनाएको बित्तिय आतंक मच्चाएको , राजस्व छली गरेको , अबैध ढंगले अकुत सम्पत्ति जोडेको लगाएतका आरोप लगाउँदै उक्त पार्टीले दुर्गा पन्तलाई जनकारबाही गरिएको थियो ।
बस्नेत दम्पत्तिले क्रण दिएर खाली चेक माग्दै आफुखुशी भरेर १ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गत मंसिर ६ गते सर्वसाधारणको घरघरमा पैसा माग्दै गर्दा फेला पारे पछि उक्त पार्टीले कारबाही गरेको थियो । बस्नेत दम्पत्ती पनि मिटरव्याज मुद्धामा जिल्ला प्रहरी कार्यालय दाङ एक महिना हिरासत बसेर छुटेका व्यक्ति हुन ।
उक्त बिषयलाई लिएर हाल सम्म प्रहरीमा जाहेरी भने परेको छैन ।