आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ को ठाँटिखोला र जाजरकोटको नलगाड नगरपालिका -८ मन्मैस्थित ठुलीभेरी नदिमाथि पक्कि पुल निर्माणको काम तिब्र रुपमा भईरहेको छ । रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने उक्त पुल करिब ६० प्रतिशत निर्माण भैसकेको जनाईएको छ । कम्पनीले पुल निर्माणको कार्य तिव्र गतिमा भइरहेको जनाएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतको १३ करोड ७० लाखको लागतमा सपना निर्माण सेवा प्रा.लि.हेटौडाले ठेक्का लिएको छ । ठाँटिखोला पुल निर्माण कम्पनीका इन्जिनियर सिर्जन बर्तौलाका अनुसार झण्डै ७० प्रतिशत निर्माण सकिएको बताए । उनका अनुसार उक्त पुल ११ मिटर चौडाई , ६२.५ मिटर प्रिसेस प्रविधि, २५ मिटर नर्मल स्लाब र तीन वटा पिल्लर रहेका छन।
निर्माणको समयावधी तीन वर्ष तोकिएको यो पुल आर्थिक वर्ष ०७९÷८० मा ठेक्का खोलिएको थियो । सबै पिल्लर निर्माण भैसकेको र अब सेटिङको काम भैरहेको कम्पनीले बताएको छ । तोकिएकै समयमा पुल निर्माण गर्ने गरेर काम भईरहेको र सकभर असार भित्र नै पुल निर्माण सम्पन्न गर्नेगरी काम भैरहेको कम्पनीले जनाएको छ ।
निर्माणधिन उक्त पुलको निर्माण कार्य सकिएपछी रुकुम पश्चिमको आठविसकोट नगरपालि र जाजरकोटको नलगाड ८ सडक सञ्जालमा जोडिने छन्। भेरिकरिडोर सँग जोडिएकाले यो पुल निर्माण पछी रुकुम पश्चिम हुदै डोल्पा जोड्ने सडकको दुरी छोटिने र स्थानीयलाई आवतजावत गर्न सहज हुनुका साथै यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सहज हुने छ ।
पुल नहुँदा राडीबजार बाट ब्यापारीले भरिया लगाएर झोलुङ्गे पुलबाट मालसामान ढुवानी गर्ने गरेको पाइन्छ । पक्की पुल निर्माण पछी झोलुङ्गे पुल बाट मालसामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने बताईन्छ । यस अघि पुल नहुँदा डोल्पाबाट रुकुम पश्चिम आउने सवारीसाधन जाजरकोटको दल्ली हुँदै चिसापानी घुमेर आउनुपर्ने बाध्यता थियो ।