काठमाडौं । कुकुर मारेर नदीमा बगाएको आरोपमा नवलपरासी पश्चिमका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले ६ वटा कुकुर मारेर नदीमा बगाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका ५ बेलवानी घर भएका ३३ वर्षीय राजकुमार सारु र २८ वर्षीय अमनकुमार चिडी मगर रहेका छन्। उनीहरुले पुस १३ गते गाउँबाट एउटा माउ कुकुर र त्यसका ५ वटा छाउराछाउरी नारायणी किनारमा लगेर ढुंगामा बजारेर मार्दै नदीमा बगाएका थिए। उक्त भिडिओ उनीहरुले फेसबुमा पोस्ट गरेका थिए।
उनीहरुलाई मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरेर कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।