आठबिसकोट । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका -४ मा रहेको स्यार्पु बहुमुखी क्याम्पसमा कार्यरत उपप्राध्यापक धन बहादुर केसीले गत पुस १२ गते नै आगामी १८ गतेसम्मको हाजिरी गरेको पाईएको छ । उनले पुस महिनाको १८ गतेसम्मको अग्रिम हाजिरी गरेको पाईएको हो ।
Advertisement
केसी उक्त क्याम्पसमा उपप्राध्यापक का रुपमा कार्यरत छन्। उनेले एक हप्ताको हाजीरी एकैपटक गरेको भेटिएको हो । क्याम्पस संचालक समितीका उपाध्यक्ष हर्कसींह खत्री का अनुसार पुस १२ गतेदेखि १८ गतेसम्म को हाजिर भेटीएको बताए । जबकी पुस १८ गते आउनै बाँकी छ । 