आठबिसकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आठबिसकोट नगर समिति अध्यक्षमा मणिराज बटाला निर्वाचित भएका छन्। पुस १३ गतेदेखि सुरु भएको तेस्रो नगर अधिवेशन को आज सोमबार भएको निर्वाचनमा २३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्। बटालाका प्रतिद्धन्दी टिकाराम सुनारले ११ र धन बहादुर बस्नेतले १३ मत प्राप्त गरे ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा खसेको ४७ मत मध्ये २३ मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएको बताईएको छ । त्यस्तै उपाध्यक्षमा ३२ मत ल्याएर खुम्मे कुसारी २८ मत ल्याएर सिता शाह र २७ मत ल्याएर टेक बहादुर थापा निर्वाचित भएका छन्। भने उनीहरुका प्रतिद्धन्दी केशरमान विकले २२ मत प्राप्त गरे । सचिवमा दलजित नेपाली निर्वाचित भएका छन्। त्यसैगरी सहसचिवमा खुमराज ओलिले २८ मत ल्याएर विजयी भएका छन्। समितिको कोषाध्यक्ष मा रुपा विक निर्वाचित भएकी छन्।
नेकपा माओवादी केन्द्रले पुस १३ र १४ गते जिल्ला भर एकै साथ अधिवेशन सुरु गरेको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा सोमवार निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।