आठबिसकोट । नेकपा माओवादी केन्द्र आठबिसकोट नगर समितिको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । नगरको तेस्रो अधिवेशन अन्तर्गत आज दिउँसो १:३० बजेदेखि मतदान सुरु भएको हो ।
Advertisement
राडीज्युला शिक्षा क्याम्पसमा मतदान भैरहेको छ । अध्यक्ष पदका लागी मणिराज बटाला, टिकाराम सुनार र धन बहादुर बस्नेतको उम्मेदवारी रहेको छ । अर्का अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र यरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
त्यस्तै उपाध्यक्ष मा खुम्मे कुसारी, टेक बहादुर थापा, केशरमान विक र सिता शाहले उम्मेदवारी दिएका छन्। भने कर्ण बहादुर विक र गोर्ख बहादुर कामीले उम्मेदवारी फिर्ता लिएका छन्। सचिवमा गोविन्द खड्काले उम्मेदवारी फिर्ता लिएर दलजित नेपालीलाई समर्थन गरेका छन्। नगरकमिटीमा रहेका ४९ जनाले मतदान गर्न पाउने छन्।