छोरा।
मलाई डाक्टरले मात्र बिरामी भन्छ,
अनेक जाँच,थेरापी र औषधि खुवाउँछ,
औसधि ले खै के हुन्छ झन बिरामी बनाउँछ,
गाउँमा रोग लाग्यो भनेर हल्ला फैलाउँछन,
आफन्त भेट्न आउँछन, अनुहार मलिन बनाउँछन,
फर्किदा यस्तो नि बिरामि हुन्छ ?
हट्टा कट्टा भन्दै कुरा काट्छन,
रहरले अस्पताल गएको रे, पैसा धेर भएको रे,
अनावश्यक खर्च गरेको रे ।
बाबु,
के म बिरामी हुँ?
नाई होईन
हुदै होईन आमा
बिरामी त हाम्रो सामजको सोच हो,
जसले बिरामी भनेको बेडमा पल्टेको,
घाईते भएको,
दु:खि देखिने बुझेको छ,
आफुलाई मै हुँ भन्ने ठानेको छ,
ति सबै मानसिक बिरामी हुन,
उनिहरुलाई उपचारको खाँचो छ,
औसधि त चेतना भए पुग्छ।
आमा !
तपाई ढुक्क हुनुस एकदिन आउँछ,
जुन दिन,
सबैले बुझ्छन ।
रोग अनेक हुन्छन्।
सबै रोगको उपचार माया र हौसला हो,
औसधि त केबल साधन मात्र हो,
त्यो पनि साईटइफेक्ट सहितको।
चंख बिष्ट