सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरूसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।
Advertisement
कास्कीको माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन्। उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ। यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ।’