आठबिसकोट । नेपाल कम्युनिष्ट माओवादी केन्द्र रुकुम पश्चिमको ६ वटै पालिकामा आज अधिवेश सुरु भएको छ । पार्टीले आज एकैसाथ पालिका अधिवेशन गर्न लागेको हो ।
आठबिसकोटमा तेस्रो नगर अधिवेशन को उद्घाटन सत्र सुरु भएको छ । आज देखि सुरु भएको अधिवेशनले भोलि बन्दसत्र अन्तर्गत नयाँ समिति चयन गर्ने जनाईएको छ । सबै पालिकामा आज उत्सवका रुपमा अधिवेशन आयोजना गरिएको माओवादीले जनाएको छ । रुकुमका तीन नगरपालिका र तीन गाउँपालिकामा एकै साथ अधिवेशन हुदै छ ।
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बसन्त शर्माको प्रमुख आतिथ्यता र माओवादी केन्द्र आठबिसकोटका अध्यक्ष मन बहादुर चदराको अध्यक्षता रहेको उद्घाटन सत्रमा केन्द्रीय सदस्य लुम्बिनी गौतम, नगर प्रमुख रवि केसी तथा पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको सचिव मणिराज बटालाले जानकारी दिए ।
आज देखि सुरु हुने अधिवेशन मार्फत सात पदाधिकारीसहित गाउँ कमिटी ४५ जनाको र नगर कमिटी ५५ जनाको हुने बताईएको छ । पालिका अधिवेशनका लागी पार्टीले पालिका अधिबेशन कार्यविधी, २०८१ निर्माण गरेको थियो ।