आठबिसकोट । आज बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।विहिवार बिहान ४.२ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
Advertisement
भूकम्पको धक्का रुकुम पश्चिम, सल्यान लगायतका आसपासकाजिल्लामा समेत महसुस गरिएको थियो । पछिल्लो समय पटकपटक भुकम्पका धक्का गैरहेका छन्। गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।