मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ सल्लेमा रहेको जोलुङ्गे हाम्फालेर एक युवकको मृत्यु भएको छ ।
Advertisement
मठ र सल्ले जोड्ने झोलुङ्गे पुलबाट बुधबार दिउँसो हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ७ का २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
मृतक नेपाली रुकुम पश्चिमको मुसिकोटमा बस्दै आएका थिए । नेपालीको शव पुलमुनि फेला परेको र मुचुल्का बनाउने काम भईरहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको जनाईएको छ ।