आठबिसकोट । रुकुम पश्चिममा विहिवार विहान दाङ मिनि ट्रक दुर्घटना भएको छ । दाङको तुल्सिपुरबाट सोलाबाङ तर्फ आउँदै गरेको लु २ ख ४१६४ नम्बरको ट्रक पसलको सामान लिएर आउँदै गर्दा दुर्घटनामा परेको हो ।
Advertisement
उक्त ट्रक दुर्घटना हुदा चालकको अवस्था गम्भीर रहेको बताईएको छ । ओरालो बाटो र तीब्र गतिमा गुडिरहेकोले दुर्घटना भएको र करिब १५० मिटर तल खसेको प्रहरीको भनाई छ ।
दुई जना सवार ट्रकमा चालक सल्यान को त्रिवेणी गाउँपालिका ६ का अन्दाजी बर्ष २८ का जनक केसिलाई त्रिवेणी गाउँपालिकाको अस्पतालमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ । भने अर्का अन्दाजी डिल्ली ओलिलाई ट्रक चालकलाई टाउकोमा गम्भीर चोट लागेको बताईएको छ । ट्रक त्रीवेणी गाउँपालिकाको झुलनेटा नजिकै दुर्घटना भएको बताईन्छ ।