• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

माओवादी केन्द्र रुकुम पश्चिमले पुस १३ र १४ गते ६ वटै पालिकामा अधिवेशन गर्ने


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले यही पुस १३ र १४ गते जिल्लाका ६ वटै पालिकाहरुमा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेको छ ।
    मंगलवार मुसिकोटमा बसेको जिल्ला समन्वय समितिको १२औं पूर्ण बैठकले जिल्लाभर एकैसाथ अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मेगराज खड्काले विज्ञप्ति निकालेर जानकारी गराउनु भएको छ ।
    माओवादीले पालिका अधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागि कार्यविधि जारी गरेको छ । जिल्ला निर्वाचन विभागले तयार पारेको पालिका अधिवेशन कार्यविधिको मस्यौदालाई जिल्ला समिति बैठकले परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।

    Advertisement

    अधिवेशन तयारी स्वरुप पुस ७ गतेभित्र पार्टी सदस्य नविकरणको काम सम्पन्न गर्ने र पुस १० गते जिल्लाका ७३ वटै वडामा भेला आयोजना गरी पालिका अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।

    पालिका अधिवेशनमा नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया कार्यविधि अनुसार पालिका निर्वाचन समितिले सम्पन्न गर्नेछ । माओवादीको विधान अनुसार पालिका निर्वाचन समिति अधिकार सम्पन्न स्वायत्त निकाय हो ।अधिवेशनले बढिमा ५५ सदस्यीय नगर समिति र ४५ सदस्यीय गाउँ समिति चयन गर्नेछ । यसमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउने कार्यविधिमा उल्लेख छ ।

    यस्तै बैठकले पालिका अधिवेशनको लागि जिल्ला प्रतिनिधि तोकेको छ । आठविसकोटमा केन्द्रीय सदस्य वसन्त कुमार शर्मा, चौरजहारीमा जिल्ला संयोजक गोविन्द रोका सचिन, मुसिकोटमा केन्द्रीय सदस्य गोपाल शर्मालाई प्रतिनिधि तोकिएको छ । यस्तै सानीभेरीमा केन्द्रीय नेता नर बहादुर पुन, त्रिवेणीमा प्रदेश अध्यक्ष विमला केसी र बाँफिकोटमा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।

    माओवादीले भूकम्पको कारण भत्किएका जनताका निजी आवास पुनःनिर्माणको अभियानमा सघाउन जिल्लाभरको आन्तरिक जनशक्ति परिचालन गर्ने निर्णय समेत गरेको छ ।

    यसैबिच माओवादीले पार्टीको जिल्ला प्रचार विभाग प्रमुखमा जिल्ला समिति सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य मेगराज खड्कालाई नियुक्त गरेको छ ।यस्तै बैठकले नेपाल पत्रकार महासंघ रुकुम शाखाको हालै सम्पन्न निर्वाचनमा विजयी अध्यक्ष गोपाल रेग्मी सहित पदाधिकारी र निर्वाचित सवै पत्रकारहरुलाई बधाई ज्ञापन गरेको छ ।

    साथै महासंघ निर्वाचनमा प्रेस सेन्टरको पुरै प्यानल जिताउन सफल भएकोमा संगठनका जिल्ला इञ्चार्ज मेगराज खड्का, अध्यक्ष देवकुमार ओलीसहित सेन्टरको जिल्ला समितिलाई धन्यवाद दिइएको छ । यस्तै सानीभेरी गाउँपालिका ५ को उपनिर्वाचनमा भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्ने नेता कार्यकर्ता, सुभेच्छुक तथा पार्टीको चुनाव चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।

    पुरा विज्ञप्ति पढ्नुहोस :

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.