पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ।
Advertisement
पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
मौसम पूर्वानुमाान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।