सिरियाका विद्रोही समूहले आफू राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेको छ।
Advertisement
यसैबीच, समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको छ, तर उनी कहाँ गए भन्ने स्पष्ट छैन।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल-असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको छ।
सिरियाका विद्रोही समूहले हालसम्म हामा, देराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्।
इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल-शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन्।