चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई व्यापक रूपमा अगाडि बढाउने कुरामा जोड दिएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले बेल्ट एण्ड रोड निर्माण कार्यसम्बन्धी चौथो गोष्ठीलाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन्।
‘बेल्ट एण्ड रोड सहकार्यको उज्यालो भविष्य निर्माण गर्न रणनीतिक विश्वासलाई सुदृढ गर्न, रणनीतिक फोकस कायम राख्ने र जिम्मेवारीको भावनाका साथ साहसका साथ काम गर्न आवश्यक छ,’ सीले आफनो सम्बोधनमा भने ।
‘सन् २०१३ मा यो पहल सुरु भएदेखि बेल्ट एण्ड रोड सहकार्यमा प्रमुख उपलब्धिहरू हासिल भएका छन्, जसले सहभागी राष्ट्रहरूसँग चीनको मित्रता बढाउन र उनीहरूको आर्थिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्न योगदान पुर्याएको छ,’ सीले भने।
सहभागी देशहरूको पूर्तिको भावनालाई सुदृढ पार्ने र चीनका लागि लाभहरू सुनिश्चित गर्ने सम्बन्धलाई राम्रोसँग सम्हाल्न आवश्यक छ, सीले चीनको वैदेशिक हितको रक्षा गर्न ठोस कदम चाल्न आह्वानसमेत गरेका छन् ।
हालसम्म चीनले १५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूसँग बिआरआई सहयोगसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरिसकेको छ।
प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?
प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?
Advertisement
तपाईको प्रतिक्रिया