• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधि सभाको बैठक बस्दै

नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

बढ्यो सुनको मूल्य

दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

पुगेन सचेतना: रोकिएन जंगली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ३. बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

  • ४. फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

  • ५. दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

  • ६. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • ७. गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

  • ८. घरघरमा पुर्‍याउन थालियो राहदानी

  • ९. प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता भएन- सांसद शर्मा

  • १०. पहिरो आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् । सुरुका वर्षमा प्रति केजी चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेको छैन । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।

    Advertisement

    किबीका बेर्नासमेत उत्पादन गर्दै आएका राईले गत वर्ष मात्र १४ लाख बढीको बेर्ना बिक्री गरेको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गरेका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गरेको छ ।

    एघार वर्षअघिदेखि किबी खेती सुरु गरेका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गरेको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी एक सयदेखि एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।

    विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताए । “मेरो फार्ममा तीन सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा एक सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उनले भने, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।” किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित छन् ।

    किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।
    नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उनले भने, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी एक सय ६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि एक सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको ६० लाख बराबरको हुन्छ ।”

    नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ । फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताए ।

    किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उनले जानकारी दिए । जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभाको बैठक बस्दै
    नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने
    रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा
    गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?
    रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो
    बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ३.
      बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

    • ४.
      फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

    • ५.
      दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

    • ६.
      रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

    भर्खरै

    • १.
      प्रतिनिधि सभाको बैठक बस्दै

    • २.
      नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

    • ३.
      रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

    • ४.
      गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

    • ५.
      रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

    • ६.
      बढ्यो सुनको मूल्य

    • ७.
      दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    • ८.
      सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.