दाङको घोराही–तुलसीपुर सडकखण्ड बन्द गरिएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुँदा उपचारको क्रममा ३२ बर्षिय ईन्द्रा थापा रोकायको मृत्यु हुदा सडक बन्द गरिएको हो ।
बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिय ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा ज्यान गएकाले पीडितपक्षहरुले सोमबार दिउँसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् ।
चालक लापरवाहीका कारण सार्वजानिक यातायात दुुर्घटनामा भएको र यातायात व्यवसायीहरु लापरवाहीका कारण घाईते रोकायको उपचारका क्रममा मृत्युुभएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्तिको माग राख्दै सडक बन्द गरेका हुन । पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहातका लागि यातायात व्यावसायी समिति मौन रहदा बाध्यताले आन्दोलनमा उत्रिएको पीडित पीडित पक्षको भनाई छ ।