• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • ८. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

  • ९. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् ।

    Advertisement

    “राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ”, सङ्घका चराविज्ञ हिरुलाल डगौराले भने, “यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।”

    उनका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ । कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाका बारेमा अध्ययन अनुगमनको कार्य हुने उनले बताए ।

    गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ । “क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जिपिएसको प्रयोग गरी अनुगमनको कार्य गर्छौं”, उनले भने, “यसबाट गुँड के कति छन् भन्ने जानकारी हुन्छ नै गिद्धको सङ्ख्या यकिन गर्ने कार्य पनि हुन्छ ।”
    गत वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डङ्गर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुन गिद्धका गरी एक सय ४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले डङ्गर, सानो खैरो र सुन गिद्धलाई अति सङ्कटापन्न तथा सेतो गिद्धलाई सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ ।

    विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । गिद्धले आफैँले सिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंसक मांसाहारी पन्छीका रुपमा लिइने गरिन्छ । सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पु¥याउने गर्दछ । एक सर्भेक्षणअनुसार गिद्धले सिनोको खोजीमा दैनिक एक सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा
    बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा
    मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।
    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • २.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ३.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ४.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • ५.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ६.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ७.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ८.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.