नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले मिटरव्याजिहरुका नाम पन्ध्र दिने सूचना निकालेको छ । बित्तीय आतंक बिरुद्ध लालआतंक घोषना गरेको उक्त पार्टीले लघुबित्तीय संस्था , सहकारी ,मिटरव्याजी र सुदखोरहरुका बिरुद्धमा जनकारबाही गरिरहेको पार्टी सेक्रेटरी अमर खड्का द्धारा हस्ताक्षर बिज्ञप्तीमा भनिएको छ ।
Advertisement
पार्टीमा आएका मिटरव्याजका मुद्धाहरु अधिकांस फच्र्यौट गरेको बताउँदै बैकिङ कसुर चेक अनादर , घरजग्गा तथा सम्पत्ति रोक्का ,दृष्टिबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्नु पर्ने त्यस्तै मिटरव्याजि र बैंक तथा बित्तीय संस्थाको सेटिङमा लिलाम गरिएका घरजग्गा सम्बन्धित व्याक्तिलाई लिलाम हुदा सम्मको न्युनतम व्याज लिई फिर्ता गर्नु पर्ने लगाएका मागहरु राख्दै नेकपा बहुमत दाङले मिटर व्याजिका नाममा पन्ध्र दिने सूचना निकालिएका हो ।
।