झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा रोल्पामा माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ।
मृतकः- १,जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार। २, ऐ.ऐ.बस्ने बर्ष ३१ को ओम परियार । ३, ऐ.ऐ.बस्ने बर्ष ४० की सुबित्रा परियार। ४,ऐ.ऐ.बस्ने बर्ष २७ की आईती परियार र पुरिएको शव जिल्ला रोल्पा सुनछहरी गा.पा.३ बहिरी गाम बस्ने बर्ष ६६ को देबिराम परियार