आठबिसकोट । स्थानीय तह उपनिवार्चनका लागी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा मतदान जारी छ । नलगाडको उपनिर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
Advertisement
नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टी बाट पार्वती पुन, राप्रपाबाट सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।