आठबिसकोट । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका–२ देसीपाटामा सडक मर्मत गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर चारजना घाइते भएका छन्। बिश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडाबाट मजकोट जाने सडक निर्माण कार्यका क्रममा आज बिहान करिब १० बजे माथिबाट खसेको माटोको ढिस्कोले कामदारलाई पुरेको हो।
Advertisement
घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेलाई ढिस्कोबाट बाहिर निकालिएको छ। ढिस्कोले पुर्दा जुनीचाँदे २ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही,२२ वर्षीया पुलमाया लुहार,३५ वर्षीय नरबहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए ।
गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।