आठबिसकोट । रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका वडा नम्बर १० का वीरबहादुर खत्री आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आइतबार साँझ बुवा ५१ वर्षीय दर्बे खत्रीमाथि चक्कु प्रहार गरी हत्या गरेका २० वर्षीय वीरबहादुर खत्रीलाई प्रहरीले मङ्गलवार आज बिहान पक्राउ गरेको हो । गाउँमै लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख पहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। घटना लगत्तै बिर बहादुर फरार भएका थिए ।
Advertisement
वीरबहादुरलाई जिल्ला अदालतमा उपस्थित गराई कर्तव्य ज्यान मुद्दामा अदालतबाट पहिलो ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।