आठबिसकोट । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागी दलहरु प्रचारमुखी बनेका छन्। नलगाडको उपचुनावमा प्रचारप्रसार देखि धेरैको ध्यान केन्द्रित भएको छ । नलगाड नगर उपप्रमुख पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दल सहित ६ जनाको उम्मेदवारी सँगै नलगाडमा चुनावी सुगर्मी बढेको छ ।
नलगाडमा उपप्रमुख पदका लागी माओवादी, नेपाली काँग्रेस र एमाले विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उपप्रमुख पदका लागी माओवादीबाट देवका लामिछाने, काँग्रेस बाट इन्द्रा चन्द सिंह र एमाले बाट सविता बोहरालाई उम्मेदवार बनाईएको छ । यसअघि माओवादीको साथ पाएर उपप्रमुख पदमा जित हात पारेको काँग्रेसलाई यसपटक भने चुनौती थपिएको छ । काँग्रेस माओवादीको गठबन्धन बाट ०७९ को चुनावमा उपप्रमुख जितेको काँग्रेस यसपटक एक्लै लड्दै छ ।
काँग्रेसलाई पुरानै विरासत जोगाउन चुनौती बढेको छ । भने माओवादीलाई चुनाव जित्नुपर्ने दबाब छ । एमाले भने अवसर हेरेर इतिहास रच्ने दाउमा देखिन्छ । उम्मेदवारले मतदाता रुझाउन आफु केन्द्रीत प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका छन्।
यस्तो छ ०७९ को चुनावी परिणाम
२०७९ को निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित भएकी थिईन्। भने एमालेकी सविता वोहोरा ३३९३ मत ल्याएर पराजित बनेकी थिईन्।करिब २ हजार मतले अघिल्लो चुनावमा जित पारेको काँग्रेसलाई यसपटक विरासत जोगाउन चुनौती देखिएको छ । एमालेले बोहोरालाई फेरि एक पटक अवसर दिएको छ । एमालेको लागी यो इतिहास रच्ने अवसर पनि बन्न सक्छ ।