सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ।
Advertisement
प्रसाईंलाई थुनामुक्त गर्न उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चले लिखित जवाफसहित प्रसाईंलाई पनि सर्वोच्चमा उपस्थित गराउन भनेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले बताए।
प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्यूरोले विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा अनुसन्धान गरिरहेको छ। पसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए।