आठबिसकोट । शुक्रबार अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पश्चिमको आठबिसकोट -७ औलका सुरेश केसीका परिवारलाई आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।
अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटना हुँदा केसी सहित दुई नेपाली युवकको मृत्यु भएको थियो । महङ्गो पैसा तिरेर अमेरिका पुगेका केसी ११ महिना नपुग्दै अमेरिका मै अस्ताएका छन्। अमेरिका जाँदा लिएको कर्जा समेत चुक्ता गर्न नपाउँदै केसीको मृत्यु हुँदा परिवारमा शोक सँगै आर्थिक समस्या थपिएको छ । एकातिर सन्तान गुमाएको पिडा र अर्कोतिर आर्थिक भारले परिवारमा थप पिडा थपिएको छ ।
केसीको शव अन्त्येष्टि गर्न तथा कानुनी प्रक्रियाहरु पुरा गर्न चाहिने रकम समेत नहुँदा मृतकका परिवारले आर्थिक सहयोग गर्न अपिल गरेको छ । आर्थिक सहयोगका लागी मृतक केसीका बुवा हरि बहादुर खत्रीको प्रभु बैंक आठबिसकोट शाखामा रहेको खाता नम्वर 2607044395900018 मा सहयोग गर्न सकिने छ । आवश्यक सम्वनय र जानकारीका लागी दिपक केसी र अर्जुन केसीलाई सम्पर्क गरी सहयोग गर्न अपिल गरिएको छ ।
सहयोगका लागी
नाम : हरि बहादुर खत्री Hari Bahadur Khati
खाता नं : 2607044395900018 प्रभु बैंक
दिपक के.सि=9866957353
अर्जुन के.सि=9841459792