काठमाडौं । आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले ले आज जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शन गरेकोछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागिएको हो ।
सभालाई प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपि शर्मा ओलि र महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने छन्।शक्ती प्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्च लगायतका जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिईएको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।
त्यस्तै काठमाडौँका ३ स्थानमा हुने प्रदर्शन का लागी एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन गरिएको छ । ट्राफिक व्यवस्थापनका लागी ११३ स्थानमा डाइभर्सन राखेर ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।