आठबिसकोट । आगामी मंसिर १६ गते हुने रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि तिव्रप्रतिस्पर्धा देखिएको छ । चुनावको मिति तय भएसँगै सहभागी राजनैतिक दलहरु यतिबेला प्रचारप्रसारका लागी सक्रिय रुपमा लागेका छन्।
वडा अध्यक्ष पदका लागी ४ जनाको उम्मेदवारी परेकोमा नेकपा एमालेले कांग्रेसलाई सघाउने र एकिकृत समाजवादीले माओवादीलाई सघाउने भएपछी नेकपा माओवादी र काँग्रेस विच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । एक स्वतन्त्र सहित तीन दलले उम्मेदवारी दर्ता गराएपनी माओवादी, एकिकृत समाजवादी र एमाले कांग्रेस विच गठबन्धन भएको छ ।
यस अघि उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार अल बहादुर खत्रीले चुनाव जितेका थिए । खत्रीले ४६२ मत ल्याउदा नेकपा माओवादीका उम्मेदवार तिर्थ बहादुर खत्रीले ४३४ मत ल्याएर पराजित भएका थिए । थोरै मतान्तरले विजयी बनेको काँग्रेसलाई यसपटकको जित जोगाउन भने चुनौती बनेको छ ।
नेकपा माओवादीका उम्मेदवार जसिराम बस्नेत र कांग्रेस उम्मेदवार मोतिराम खत्री विच प्रतिस्पर्धा हुने छ । अघिल्लो चुनावमा जित हातपारेको काँग्रेसलाई यसपटक आफ्नो जित जोगाउन चुनौती बनेको छ ।