नेकपा (बहुमत) दाङ मिटरब्याजी आरोपित एक दम्पतीको नाक काटिदिएका छन् । जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले रकम लेखेर मुद्धा हाल्ने काम गरेको, हुण्डि कारोबारमा संलग्न रहेको, मिटर ब्याज मार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण जनकारबाहि गर्न परेको नेकपा (बहुमत) दाङले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत) का दांङ जिल्ला सेक्रेटरी अमरले बिज्ञप्ती मार्फत जानकारी छन्।
बिज्ञप्तीमा भनिए अनुसार घोराहीको मुख्य बजार क्षेत्र बिपी चोक नजिकै बिहीबार बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो ।
नेकपा बहुमत दाङले बस्नेत दम्पतीले १ सय ६८ बढी सर्वसाधारण सँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाहि गरिएको जनाएको छ । बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको बताईन्छ । बिहिबार बिहान सर्वसाधारणको घरघरमा गएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाहि गरेको जनाएका छन् ।
यससँगै नेकपा बहुमतले मिटरव्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ । नेकपा बहुमतले विभिन्न आरोपसहितको बिज्ञप्ती सार्वजनिक गरेको छ भने १५ दिन भित्र जनताको घर जग्गा र चेक अनादरका मुद्धा फिर्ता गर्न चेतावनी दिएको छ ।

