Advertisement
प्रहरीको साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याइएका उनलाई न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो।