आठबिसकोट । आउँदो मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी प्रस्ताव पेस पश्चात सिंह चुनावी मैदानमा होमिएकी छन्। ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधीको दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण निधन हुँदा अहिले सम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेको स्थानमा उपनिर्वाचन हुदै छ ।
उपनिर्वाचनका लागी दलहरुले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्। मतदाता लाई आफु केन्द्रीत गर्न राजनैतिक दलहरुले आ–आफ्नै घोषणा पत्रहरु सार्वजनिक गरेका छन्। नलगाड नगरपालिकामा कांग्रेसबाट उम्मेदवार बनेकी सिंहले नलगाड जलविधुत आयोजना र तासुगाड जलविधुत आयोजना निर्माणलाई पहिलो प्राथमिकतामा राखेर १३ बुदेँ प्रतिबद्धता सार्वजनिक गरेकी छन्। उनले जलविधुत आयोजना देखि सुकुमबासी लाई आवास निर्माणका लागी पहल गर्ने प्रतिबद्धतामा उल्लेख गरेकी छन्।
प्रतिबद्धतामा भनिएको छ, भुकम्प पीडितलाई दोस्रो किस्ता उपलब्ध गराउन पहल गरिने, सुकुमबासी , बादी समुदाय, बिपन्न परिवारलाई राज्यबाट प्रदान गरिने आवास, नगर अस्पतालमा भिडियो एक्सरे सहितको सेवा, भेरी करिडोरलाई तिव्र रुपमा निर्माण , नलगाड क्याम्पस सहितका अन्य विधालय मा भौतिक पुर्वाधार सहित गुणस्तर शिक्षाका लागी पहल गरिने प्रतिबद्धता मा उल्लेख गरिएको छ ।
आगामी मंसिर १६ मा हुने उपनिवार्चनका लागी नलगाडमा माओवादी, कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन्। नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो। सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन्।
यस्तो छ प्रतिबद्धता पत्र
