आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडीबजारमा लागीरहेको ३० औँ चौतारामेला मा आयोजित भलिवल खेलतर्फ आज फाइनल चरणका खेलहरु हुने छन्। स्थानीय मेला अन्तर्गत कर्णाली प्रदेशकै सबैभन्दा ठुलो पुरस्कार रहेको उक्त खेलमा आज फाइनलका लागी दुई समुहले भिडन्त गर्दै छन्।
गत २२ गतेदेखि सुरु भएको मेलाको आज अन्तिम दिन टिम आदित्य बास्तल र भलिवल प्रशिक्षण केन्द्र रुकुम पश्चिम विच भिडन्त हुने छ । १२ समुहले सहभागिता जनाएको खेलमा दुबै समुह फाइनलमा पुगेका छन्। आज दुबै समुहका राष्ट्रीय स्तरका खेलाडीहरुले खेल प्रदर्शन गर्ने छन्।
उक्त खेलको विजेता समुहले ३,०३,३३३, रुपैयाँ हात पार्ने छ । भने उपविजेता समुहले २,०२,२२२ रुपैयाँ हात पार्ने छन्। त्यस्तै महिला भलिवल तर्फ भने सेमिफाइनल चरणका खेलहरु हुने आयोजकले जनाएको छ ।