काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्तगरेको छ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले आजदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ ।
उपनिर्वाचनको लागी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा जिल्ला न्यायाधीश रामप्रसाद बस्याललाई मुख्य निर्वाचनअधिकृतको जिम्मा दिईएको छ । त्यस्तै जाजरकोटको कुसे गाउँपालिका –७ मा जिल्ला न्यायाधिवक्ता नविन कुमार भट्ट र नलगाड नगरपालिकामा जिल्ला अदालत जाजरकोटका श्यामलाल घिमिरेलाई मुख्य निवार्चन अधिकृतका रुपमा खटाईएको छ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीश हरूलाई मुख्य निर्वाचन अधिकृतको पदमार ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो ।
मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा निर्वाचन हुँदैछ । आयोगको निर्वाचन कार्यतालिका अनुसार आज मुख्य निर्वाचनअधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त भएका हुन् ।