रुकुम पश्चिम । नारायनगढ मुग्लिन सडक खण्डमा आज बिहान बस दुर्घटना भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जनाको मृत्युभएको छ । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिकहायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
Advertisement
प्रहरीका अनुसार गोर्खा आरुघाट– १ मान्बु का वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षकादुई पुरुषको मृत्यु भएको र थप चार जना घाइते भएका छन्।