आठबिसकोट । आठबिसकोट । रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट बुधबार काठमाडौंको लागि छुटेको घोडाघोडी यातायात प्रालिको रात्री बस बाग्लुङमा दुर्घटना भएको छ । रुकुम पूर्वको रुकुमकोट बाट काठमाडौ जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको रात्री बसदुर्घटना हुँदा २१ जना घाइते भएका छन्। एक जना बिदेशीसहित ६ जना को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले उज्यालोपाटी लाई दिएको जानकारी अनुसार बुधबार दिउँसो साढे ४ बजेतिर रूकुम पुर्वबाट काठमाडौं जाँदै गरेको बस बागलुङको निसिखोला गाउँपालिका ६ को जाउलेपानीमा दुर्घटना परेको थियो ।
बस ब्रेक फेल भएर सडक बाट १०० मिटर खसेको बताईन्छ । ६ जना गम्भिर घाइतेलाई उपचारको लागी बाग्लुङ लगिएको छ । भने घाईतेहरुको अवस्था भने सामान्य रहेको छ ।