आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१० कोट नजिकैजीप दुर्घटना भएको छ आज मंगलबार बेलुका राडि बजारबाट कोटगाउँ हुँदै वडानम्वर ८ को घर्तीगाउँतर्फ जाँदै गरेको लु १ ज १७१७ नम्वरको जीप दुर्घटना भएकोहो ।
Advertisement
उक्त दुर्घटनामा परेर तीन जना यात्रुहरु भएको र उनीहरुलाई नगर अस्पतालराडीमा लगिएको छ । ईप्रका आठबिसकोटका अनुसार घाइते हुनेमाआठबिसकोट नगरपालिका वडा नम्वर १० का निर्मल परियार, वडा नम्वर ११ काकर्णबहादुर सार्की र वडा नम्वर ८ का अमर घर्ती रहेका छन्।
सो जीपमा चालकसहित १६ जना यात्रु सवार भएको तर तीन जना घातेबाहेकसबैजना सकुशल रहेको जनाईएको छ । तीनजना घाईतेहरुको टाउको रनिधारमा चोट लागेको र घाईतेहरुलाई स्थानीयले उद्धार गरेर उपचारको लागिआठबिसकोट नगर अस्पतालमा लिएका छन् ।ब्रेक फेल हुँदा कोटगाउँ नजिकैसडकबाट करिब ४० मिटर तल जिप खसेको स्थानीयले बताए ।