• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

आज यी ठाउँमा हुने छ वर्षा

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज एकै दिन १० हजार घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • २. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • ३. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आज सुनको मूल्य घट्यो

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. रुकुम पश्चिममा बम फेला

धानखेत मासेर किबीखेती, बजारमा उच्च माग


  •   मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
  • बागलुङ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ ।  काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन् ।

    Advertisement

    गत वर्ष पाँच सय केजी किबी बजार पठाएका उनको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ ।

    किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उनीजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

    “सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि किबीखेती गर्न सकिन्छ”, उनले भने, “कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो, कोदो जम्मा आठ–दश मुरीमात्र फल्थ्यो पहिला त्यही बारीमा ।”

    बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूलखेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । ई कँडेलले यो वर्ष रु तीन लाख बढीको किबी बिक्री गर्ने लक्ष्य लिएका छन् ।

    पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताए । उनले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिए ।

    “बीस क्विन्टल किबी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ”, उनले भने, “एकपटक लगाउने, समय–समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुने ।” किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाए ।

    किबीको उत्पादन बढेपछि रु छ सय पर्ने किबीको मूल्य भने घटेर रु तीन सय प्रतिकेजीमा झरेको छ । गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिलासम्म आयात गरेको किबी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन् ।

    बागलुङ नगरपालिका–८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गर्दै आएको बताए । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताए । आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूलखेतीमा आकर्षण गर्न आफैँबाट सुरु गरेको बताए ।

    बागलुङ –१० भकुण्डेका हर्कबहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती र ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायत बागलुङका करिब एक सयभन्दा बढी किसान किबीको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

    पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन् । मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहरसिंह पाइजाले बताए ।

    किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबीखेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताए ।

    मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
    फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै
    आज यी ठाउँमा हुने छ वर्षा
    झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • २.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • ३.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    • ४.
      फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

    • ५.
      आज यी ठाउँमा हुने छ वर्षा

    • ६.
      झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    • ७.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ८.
      रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.