यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।
Advertisement
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।