रुकुम पश्चिम । सल्यानमा आज मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर जना घाइते भएका छन् ।सल्यानको कपुरकोट गाउँपालिका –६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकीकरिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, बर्ष १५ कि सिर्जना बस्नेत को मृत्युभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुई जनाको घटनास्थलमै एकजनाको बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबैबालबालिका रहेका छन ।
दुर्घटनामा घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीयमानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागिकपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको जानकारी दिए । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएकोबताए ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनिकसरी दुर्घटना भयो भन्ने भने खुलेको छैन्।