आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा चाडपर्व लक्षित बजारअनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा शनिवार आठबिसकोटको राडीबजार क्षेत्रमा अनुगमन गरिएको हो ।
सहायक प्रजिअ रेग्मीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, रुकुम(पश्चिम), पशु अस्पताल तथा पशु सेवा कार्यालय तथा आठविसकोटनगरपालिकाको कार्यालयसमेतको प्रमुख/प्रतिनिधि सम्मिलित संयुक्त अनुगमनटोली गठन गरी आठविसकोट नगरपालिकाको बजारमा निरीक्षण गरिएको हो ।

बजार अनुगमनका क्रममा पाँवटा पसलाई जरिवाना तिराईएको छ । म्यादगुज्रीएका मालसमान बिक्रि गरेको तथा मुल्यसुचि नराखिएका आठबिसकोटस्थित राडी बजारका पसल सुनौलो कुसारी गल्ला तथा किराना पसललाई ५ हजार, जेसिका चाउमिन उधोग , राम लक्ष्मण स्टोर १० हजार , शर्मिला किरानापसल १५ हजार , ओलि स्टोर १० हजार, सल्यानी खड्का स्टोर लाई ५ हजाररुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै उक्त पसल बाट ७ हजार ६ सय ८० रुपैयाँ बराबरको सामन जफत गरीनष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए ।