• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनको मूल्य बढ्यो

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ३. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ४. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ५. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ६. आज बढ्यो सुनको मूल्य

  • ७. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

  • ८. संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

  • १०. सुनको मुल्य बढ्यो

दीपावली पर्व केराखेती गर्ने किसानलाई आम्दानीको अवसर


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • महोत्तरी : दीपावली पर्व केराखेतीका किसानलाई अतिरिक्त आम्दानीको अवसर बन्दै आएको छ । दीपावली र छठका लागि केही दिन पहिलेदेखि नै केराका घरीको बिक्री सघन बन्नसँगै केराका थामकै पनि राम्रो मूल्य पाउने भएपछि मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रका किसानका लागि यो अतिरिक्त आम्दानीको अवसर बन्ने गरेको हो । खासमा दीपावली पर्वमा लक्ष्मीपूजनमा केराका थामको स्वागतद्वार बनाइने यहाँको परम्पराले यस बेलालाई किसानले केराको गोडमेलको अवसर बनाउने गरेका छन् ।

    Advertisement

    “छिप्पिएका केराका घरी यसबेला राम्रो मूल्यमा एक साता पहिलेदेखि नै कुराकानी पक्का हुन्छ, यसैबेला सानाठूला सबैजसो व्यापारीले केराका थामको स्वागतद्वार बनाउने चलनले हामी झ्याङमा धेरै बढेका कोथा यसैबेला छ्यास्ने गर्छौँ”, बर्दिबास–९ पशुपतिनगरका किसान भोला महतो भन्छन्, “दीपावलीको अवसर गोडमेलमा उखेलेर फाल्नुपर्ने कोथाबाट पनि नगद पाइन्छ ।”

    केरा गोडमेलसँगै निकै झ्याङ्गिएका कोथा पहिले नै निकाल्ने बेला भए पनि किसान यसका लागि दीपावलीको मुख पर्खने गर्छन् । “भन्नुस् न, अरुबेला यी कोथाको के काम, यतिखेर त घरघरै कोथा खोज्न व्यापारी घरघरै आउँछन्, त्यसैले हामी केराको गोडमेललाई दीपावली पर्खने गर्छौैँ” भोलाकै छिमेकका अर्का किसान रामविनोद महतो भन्छन्, “यसबेलाको गोडमेलले श्रमिकलाई दिइने ज्याला र थपमा आफ्नो पर्व खर्चमा पनि कोथा बिक्रीले सघाउँछ ।”

    स्वागतद्वार बनाउन नयाँ कोथा (केराका थाम) प्रयोग गरिने परम्पराले दीपावलीको एक साता पहिलेदेखि नै किसानका खेतबारीका कोथाको बिक्री हुने पक्का हुने गरेको छ । “मेरो बारीका ५० जोर कोथाको त पेश्की नै पाइसकेको छु”, भङ्गाहा–४ रामनगरका युवा किसान ३० वर्षीय रामईश्वर ठाकुर भन्छन्, “थाम बिक्रीले गोडमेलमा जनको बनी (श्रमिकको मजदुरी, ज्याला) मात्र नभई आफ्नै अन्य खर्चको जोहो पनि हुन्छ ।” त्यसैले आपूmहरु केरा गोडमेललाई दीपावलीको बेला पर्खने गरेका ठाकुर बताउछन् । अन्यबेला गोड्दा उखेलेर फाल्नुपर्ने कोथाबाट यसबेला आम्दानी हुने भएपछि पर्वका बेला कामको धपेडी बढे पनि आपूmहरूले यस कामलाई दीपावली पर्खनुपरेको किसान बताउँछन् ।

    वर्षभरिमा एउटा केराका झ्याङमा पाँच/सातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसानको भनाइ छ । केराको एक/एक झ्याङमा हुर्केका (ठूला) तीनवटा बोटमात्र राखिनुपर्ने हुँदा यसभन्दा बढीका कोथा उखेलेर फाल्नुपर्ने हुन्छ । दीपावलीमा त्यही फालिने कोथा बिक्री हुने भएपछि यो आपूmहरूको खेती खर्चमा सहयोगी बन्ने किसान बताउँछन् ।

    “अरुबेला केरा गोडमेल गरिँदा छ्यासिने (उखालिने) कोथा मलको भकारोसम्म पुर्याउन लाग्ने श्रम बराबरको पारिश्रमिक दिनुपर्ने हुन्छ”, भङ्गाहा–६ हतिसर्वाको मदनपट्टिका किसान जयराम यादव भन्छन्,  “दीपावलीमा भने कोथा किन्न आउने आफैँले पनि उखेलेर लाने गर्छन्, यसले मजदुरलाई दिनुपर्ने रकमसहित कोथा बेचेर प्राप्त हुने रकम अतिरिक्त आम्दानी हुने गरेको छ ।” त्यसैले केरा गोडमेल र बढी निस्केका कोथा उखेल्न दीपावली पर्खने गरिएको किसानको भनाइ छ । पछिल्ला तीन वर्षयता बर्सेनि थाम (कोथा) बाट रु ३० हजारसम्म आम्दानी हुने गरेको यादवले बताउछन् । यादवको १५ कठ्ठाजतिमा केराखेती छ ।

    दीपावली आउन एकसाता बाँकी छँदै सुरु भएको थामको बिक्री लक्ष्मीपूजाको दिन बिहानसम्म चल्ने गरेको छ । अहिले मूल्य बोलकवोल गरिएका थामभने लक्ष्मीपूजाको एक दिनअघि उखेलेर ग्राहकले लाने किसान बताउँछन् । धेरै गाँजिएपछि बोट छ्यास्नैपर्ने ठाउँमा तिहार पर्खेर बसेका किसानले अन्यबेला फाल्नुपर्ने थामबाटै अहिले आम्दानी भएपछि दीपावली पर्व आफूहरूका लागि पर्खने  अवसर बनेको किसानको भनाइ छ ।

    दीपावलीभरिमा जिल्लामा रु २० लाख हाराहारीको थामको बिक्री कारोबार हुने गरेको जिल्लाका उद्योग वाणिज्य सङ्घहरूको अड्कल छ । खासमा थाम जलेश्वर, गौशाला, मटिहानी, मनरा, रामगोपालपुर, सीतापुर र लोहारपट्टीसहितका बजारमा बढी प्रयोग हुने गरेको महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र चौधरी बताउछन् ।

    मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृहप्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको हिस्सा नै बनेको जलेश्वर–५ पतैलीका ध्रुव रायले बताए ।

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य बढ्यो
    पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित
    गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन
    भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश
    रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ४.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ५.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ६.
      आज बढ्यो सुनको मूल्य

    भर्खरै

    • १.
      सुनको मूल्य बढ्यो

    • २.
      पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

    • ३.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ४.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

    • ५.
      भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

    • ६.
      मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

    • ७.
      रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    • ८.
      प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.