आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित बाँकेज्युलामा मेला लाग्ने भएको छ । बाँकेमा १०८ औँ बाँके ज्युला मेला लाग्ने भएको आयोजकले जनाएको छ ।
भलिवल सहित विविध कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेर मेलाको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । परम्परागत रुपमा लाग्दै आएको मेलालाई निरन्तरता दिदै यसपटक पनी बिबिध कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
मेलामा पुरुष भलिवल छेलो र घैटोफोर तथा मयुर नाँच र झाकी प्रदर्शन रहेको बताईन्छ । पुरुष भलिवल तर्फ प्रथम हुनेले ७५ हजार पुरस्कार पाउने छन भने दोस्रो र शान्तवना हुनेले क्रमश ५१ हजार र २५/२५ हजार रुपैयाँ पाउने छन्। भनेदर्ता शुल्क ६ हजार रहेको छ ।
भलिवल खुल्ला वडा स्तरिय खेलाईने आयोजकले जनाएको छ ।त्यस्तै घैटोफोरर छेलो तर्फ पुरस्कार १/१ हजार रहेको छ । खेलमा सहभागिता जनाउनका लागी यहि कार्तिक ५ गते पाँच भित्र आफ्नो टिम दर्ता गर्नुपर्ने छ । भने कार्तिक ६ गतेदिउँसो १२ बजेदेखि खेल तथा मेला सुरु हुनेछ।