आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट स्थित गोतामकोटमा पाँचपुर्णीमा मेला लाग्ने भएको छ । पाँच पुर्णीमा बगेनाह मेलासञ्चालन समितिले यही कार्तीक २ गतेदेखी मेला सञ्चालन गर्न लागेको हो ।
पाँच पुर्णीमा बगेनाह मेला सञ्चालन समिति को आयोजनामा विविध खुलकुद सँगै वार्ड स्तरीय खुल्ला भलिवल प्रतियोगिता गर्ने भएकोछ । आयोजक समेत रहेको मेला सञ्चालन समितिले वर्षेनी दशैँको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो । सोअवसरमा विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।
३४ औँ पाँच पुर्णीमा बगेनाह मेलामा पुरुष तथा महिला भलिवल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । पुरुषभलिवल तर्फ प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५२ हजार , १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। भने दर्ता शुल्क १०हजार रुपैयाँ लाग्ने छ । त्यस्तै महिला भलिवल तर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४५ हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्नेछन्। महिला भलिवलको लागि ५ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने जनाईएको छ ।
सो मेलामा पुरुष डबल ब्याटमिन्टन तर्फ विजेता पुरस्कार ३५ हजार र उपविजेता पुरस्कार २५ हजार रहेको छ । भने दर्ता शुल्क ३ हजाररहेको छ । बगेनाह मेलामा स्लो बाईक रेस, लोकदोहोरी, सटफुट , दौड पुरुष, साँढे जुधाई तथा घैटो फोर कार्यक्रमको आयोजनागरिएको मेला सञ्चालक समितिले बताएको छ ।
एकताबद्ध देश खेलकुदको संदेश भन्ने मुल नाराका साथ आठबिसकोट–४ गोतामकोट स्थित सञ्चालन हुने ३४ औं मेलामा खेलकुद सँगैविविध कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सबै खेलहरुमा सहभागी हुनका लागी यही कार्तिक २ गते बिहान १०बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने र २ गते दिउँसो १२ बजेदेखि उद्घाटन हुने आयोजक समितिका अध्यक्ष दिपक केसीले जानकारी दिए। सञ्चालित खेलकुदका लागी आयोजक समितिका सम्पर्क व्यक्तिहरु दिपक केसी मेला आयोजक अध्यक्ष , जय बस्नेत आयोजक मेला संयोजक, रेखा मल्ल आयोजक मेला समिति सचिवतथा शौरव बुढा मेला समिति कोषाध्यक्ष लाई सम्पर्क गर्न सकिने छ ।
थप जानकारी हेर्नुहोस :
