आठबिसकोट । रुकुम पस्चिममा पुलबाट खसेर एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ सल्लेका अन्दाजी ४१ वर्षिय बुद्धि बोहराको मृत्यु भएको हो ।
आज शनिवार करिव साढे चार बजेतिर मुसिकोट स्थित मठमा बनेको मठ सल्ले जोड्ने पुलबाट खसेर बोहराको मृत्यु भएको सशस्त्र प्रहरी बल रुकुम पश्चिम का प्रमुख मदन बहादुर धानुक ले जानकारी दिए । पुलबाट खसे लगत्तै सशस्त्र प्रहरी बललाई स्थानीयले जानकारी गराएका थिए ।
मृतकको आफन्तलाई बोलाएर पोष्टमार्टमको लागि अस्पताल लैजाने तयारी भैरहेको छ । करिब ८०० मिटर अग्लो पुलबाट बोहरा खसेका हुन्। रोजगारको सिलसिलामा उनी केही दिन पहिले भारतबाट घर फर्किएको बुझिएको छ । घटनाको थप अनुसन्धान भैरहेको जनाईएको छ ।