• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ३. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ४. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ५. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ६. बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

  • ७. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ८. कर्णालीमा दुई पटक गयो भूकम्प

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे।

    Advertisement

    मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए।

    सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो।

    एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति २ः४५ बजे बाटोमा नै बच्चा जन्माइन्। नवजात शिशुसहित सरितालाई स्थानीयले राति ३ बजे स्वास्थ्यचौकी पुर्‍याएका थिए। निकै बेरसम्म पनि साल आएन। धेरै नै रक्तस्राव भइरह्यो। ‘न साल आयो, न त रक्तस्राव नै रोकियो, स्वास्थचौकीकी अनमी नीराकुमारी साउदले भनिन्, ‘त्यसपछि जिल्ला अस्पताल लैजान सुझाव दिएकी थिएँ। तर अस्पताल नपुग्दै ज्यान गएछ।’

    साल निकाल्नका लागि आफूले सबै प्रक्रिया गरे पनि सफल नभएको उनले बताइन्। नवजात शिशु भने स्वस्थ छन्। अनमी साउदका अनुसार सरिताको सुत्केरी हुने ‘डेट’ भदौ २९ गतेको थियो। असोज ७ गतेसम्म व्यथा नलागेपछि सुत्केरी हुन जिल्ला अस्पताल जानुपर्छ भनेकी आफूले सुझाव दिएको साउदले बताइन्। तर, सरिताले योभन्दा पहिलाका सन्तान पनि सुत्केरी हुने मितिभन्दा ढिलै हुने गरेको जवाफ दिएकी थिइन्।

    ‘गर्भवती जाँचका लागि स्वास्थ्यचौकी आउँदा मैले धेरै पटक तपाईंको शरीरमा रगतको कमी छ, कमजोर हुनुहुन्छ, ख्याल गर्नु भनेर सुझाव दिएकी थिएँ,’ उनले भनिन्, तर, भौगोलिक विकटता र सवारीसाधन नहुँदा उहाँ अस्पताल जान सक्नु भएनछ।’  आमाको मृत्युपछि चार छोराछोरीको बिचल्ली भएको स्थानीय कृष्ण थापाले बताए। उनले भने, ‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, बिचल्ली भयो।

    मृतकका श्रीमान् अपांग छन्। अब यी बालबालिकाको अवस्था के हुने भन्ने चिन्ता छ।’ विकट बस्तीका नागरिकले समयमै स्वास्थ सेवा नपाउँदा अकालका ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको भन्दै उनले असन्तुष्टि जनाए। आर्थिक अवस्था निकै कमजोर भएका मृतक सरिताका श्रीमान् टंकप्रसाद जैसीको आँखाको ज्योति गुमेको धेरै भयो।

    जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिराज आचार्य भन्छन्, ‘समयमै अस्पताल पुर्‍याउन सकिएको भए सरिताको ज्यान जोगाउन सकिन्थ्यो। हाम्रा लागि यो घटना दुर्भाग्य भयो।’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार चालु आर्थिक वर्षमा अत्यधिक रक्तस्रावबाट ज्यान गुमाउने सरिता पहिलो हुन्। गत वर्ष चार जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका थिए। ढुंगानाका अनुसार गत वर्ष रामारोशनको सुतारका दुई जना तथा कमलबजार र तुर्माखाँदका एक÷एक सुत्केरीको ज्यान गएको थियो। –अन्नपुर्ण पोस्टबाट

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग
    प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?
    बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर
    भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    • ३.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ४.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ५.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ६.
      बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

    भर्खरै

    • १.
      मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

    • २.
      रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    • ३.
      प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

    • ४.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ५.
      सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

    • ६.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ७.
      भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    • ८.
      ९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.