• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ४. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ५. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ६. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ७. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ८. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ९. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

  • १०. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कँदै थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, ‘गाईले कति दूध दिन्छ बुबा ? ।’ ६० वर्षीय भण्डारीले भने, ‘एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।’ यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खन्याएर उनी अगेनातिर गए ।

    Advertisement

    फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, ‘यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खाने कुरा दाउराको आगोमा पकाउँछौँ ।’

    भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी गरे । ‘पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।’

    मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे ।

    पुर्ख्यौली थलो नजिकै राजमार्ग छेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेएका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् ।

    राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भनने, ‘भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’

    खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ ।

    मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए । लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए । याम अनुसार गाउँमा उब्जेको तरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन् । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए ।

    ‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’

    खाजाघरमा मासुभातको रु चार सय ५० र मासु चिउराको रु दुई सय ५० मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए । भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्याउँदै आएको छ ।

    ‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको संख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’

    इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । १० वर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् ।

    ‘घरपरिवारको राम्रो साथ र सहयोग छ’, भण्डारीले भने, ‘भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।’ ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढंगबाट व्यवसाय प्रवर्द्धन गरिरहेका छन् ।

    ‘हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।
    ह्वात्तै बढ्यो सुनको मुल्य
    साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
    मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
    बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ४.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    • ५.
      शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

    • ६.
      काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

    भर्खरै

    • १.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • २.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ३.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ४.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    • ७.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ८.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.