नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा लफडा भएको छ। काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि झडपको अवस्था सिर्जना भएको हो।
Advertisement
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न निर्देशन दिएका थिए। क्रान्तिकारीको नेतृत्वको लागि उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न प्रचण्डको निर्देशन थियो।
केही प्रतिनिधिले उमेर हद लगाउन नहुने पक्षमा रहेका व्यक्तिहरूले बाहिरको मान्छे ल्याएर बिथोल्गन खोजेको आरोप समेत लगाएका छन् । हुलदङ्गा भएपनि प्रहरीले अवस्थालाई साम्य बनाएको बताइएको छ ।